काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
एक हप्ताअघि नै सार्वजनिक गर्ने तयारी भए पनि अन्तिम चरणमा रोकिएको थियो। योसँगै मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको हो ।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोखरेलका अनुसार भोलि नै सञ्चालक समितिको बैठक बोलाएर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ ।
यसअघि गत शुक्रबार सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी थियो। त्यसका लागि सञ्चालक समितिको बैठक बसे पनि नीति पारित हुनसकेको थिएन।
प्रधानमन्त्रीका विकास सल्लाहकारको रुपमा गत हप्ताको बिहीबार डा. युवराज खतिवडा आएपछि उनले मौद्रिक नीतिमा थप सुझाव दिन भनेपछि रोकिनपुगेको थियो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij