२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

नेतृत्वको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औं महाधिवेशन हुनेमा आशंका छः कोइराला

नेतृत्वको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औं महाधिवेशन हुनेमा आशंका छः कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेतृत्वको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औं महाधिवेशन हुनेका आशंका व्यक्त गरेका छन् ।

शुक्रबार बिहान काठमाडौंमा कांग्रेस महानगर समितिका सभापतिहरुसँगको भेटमा कोइरालाले पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औं महाधिवेशन हुनेमा आशंका उत्पन्न भएको बताएका हुन् । तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरेका छन् ।

कोइरालासँग महानगरका सभापतिहरुले आफूहरुको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो गरेका थिए । भेटमा महानगर सभापतिहरु निलकाजी शाक्य(काठमाडौ), सुवानन्द धाख्वा(ललितपुर), चित्रसेन अधिकारी (भरतपुर) दीपक चापागाईं(विराटनगर) र मनिन्द्र नेपाली(वीरगन्ज) सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij