२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

आफ्नो कार्यकालमा बनेका आधारहरू नभत्काउन नयाँ सरकारलाई गृहमन्त्रीको आग्रह

आफ्नो कार्यकालमा बनेका आधारहरू नभत्काउन नयाँ सरकारलाई गृहमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्री भएका कारण आफूमाथि अनुसन्धान गर्न समस्या भएको भए आजैदेखि अनुसन्धान सुरु गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

गृह मन्त्रालयबाट बाहिरिँदै गर्दा आइतबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लामिछानेले मन्त्री भएको कारण आफूमाथि अनुसन्धान गर्न केही अप्ठ्यारो परेको भए आजैदेखि अनुसन्धान सुरु गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘मेरो विषयमा धेरै कुरा उठेका छन् । हिजो पनि उठेका छन् । पत्रपत्रिकामा यहाँ छन् फाइल त्यहाँ छन् फाइल भनेर आएका छन् । मेरो फाइल कहाँ रहेछ भनेर कतै भनेको छैन । यदि म मन्त्री भएर कतै तपाइँहरुलाई म माथि अनुसन्धान गर्न अप्ठेरो थियो भने आजैबाट अनुसन्धान गर्नुस् । मैले सदनबाट पनि भनेको छु कि गृहमन्त्री नै दोषी छ भने मन्त्रालयबाटै हत्कडी लगाउनुस् भनेर बोलेको छु । द्धैध चरित्र राखेर एउटा नेता धेरै माथि जान सक्दैन ।’

त्यस्तै उनले आफ्नो कार्यकालमा बनेका आधारहरू नभत्काउन अब बन्ने नयाँ सरकारलाई आग्रह गरे । उनले भने, ‘कतिपय छानबिनका क्रममा थिए, फरार अभियुक्त पक्राउ परेका थिए। कयौँ कुराहरू बाहिर आएका थिए, सरकार परिवर्तनसँगै सामसुम छ । खबरदारी गर्ने निकाय नहुँदा, विशेषगरी भागबन्डामा गाँजिएको हाम्रो समाजमा शान्ति, सुव्यवस्था र अनुसन्धानमा कुनै प्रभाव नपरोस् ।’

उनले आफू प्रतिपक्षमा बसेर यी घटनाहरूलाई नजिकबाट नियालिरहने बताए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij