२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

बागलुङका पहिरोपीडितलाई आर्थिक सहयोग

बागलुङका पहिरोपीडितलाई आर्थिक सहयोग

बागलुङ । सरकारले मनसुनजन्य विपदबाट ज्यान गुमाएका बागलुङका तीनजनाका परिवारलाई राहतस्वरुप ६ लाख ५० हजार नगद प्रदान गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले यही असार २७ गते राति बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोमा परी ज्यान गुमाएकी ५५ वर्षीया खिलकुमारी शर्माकी छोरी निर्मलालाई दुई लाख ५० हजार नगद प्रदान गरेको हो ।

यसैगरी यही असार १५ गते राति घर पुरिँदा गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका ५५ वर्षीय प्रेम विक र निजकी ५० वर्षीया श्रीमती वसन्ती विकको मृत्यु भएको थियो ।

विकका परिवारलाई चार लाख नगद प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उक्त रकम सङ्घीय र प्रदेश सरकारबाट प्राप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij