बीबीसी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। पेन्सिलभेनियाको बटलरमा एक र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार भएको हो। ट्रम्प बटलरमा मञ्चमा बोल्दै गर्दा गोली चलेको थियो । ट्रम्पले दाहिने कानको माथिल्लो भागमा गोली लागेको छ ।
ट्रम्पले आफूलाई दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताए । ट्रम्पले युनाइटेड स्टेट्स सेक्रेट सर्भिस र सबै कानून प्रवर्तन अधिकारीहरूलाई धन्यवाद दिएका छन्।
घटनाबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रेस ब्रिफिङ गरेका छन्। उनले अमेरिकामा यस्तो हिंसाको कुनै ठाउँ नभएको बताए। बाइडेनले ट्रम्पलाई सम्पर्क गर्ने प्रयास गरे पनि ट्रम्प अहिले डाक्टरहरूसँग रहेको भन्दै कुराकानी हुन नसकेको बताए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij