२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

संविधान निर्माणमा माओवादीको सबैभन्दा ठूलो लगानी भएको छ, कमजोर बनाउन दिइन्नँः प्रधानमन्त्री

संविधान निर्माणमा माओवादीको सबैभन्दा ठूलो लगानी भएको छ, कमजोर बनाउन दिइन्नँः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अल्पमतमा परेपछि संसद विघटन गर्ने बानी परेकाहरूले नै आफूलाई नैतिकताको पाठ सिकाएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै अल्पमतमा पर्दा संसद विघटन गर्न बानी परेकाहरूले आफूलाई नैतिकताको पाठ सिकाउन आवश्यक नरहेको बताएका हुन् ।

उनले संविधान निर्माणमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने बताए । उनले विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको उल्लेख गर्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने बताए ।

उनले भने, ‘यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन । यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइनेछ ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij