२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

बेचन झाले कांग्रेस-एमालेलाई चैन नदिने रास्वपाको दाबी

बेचन झाले कांग्रेस-एमालेलाई चैन नदिने रास्वपाको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा पक्राउ परेपछि कांग्रेस र एमाले बेचन देखिएका आरोप लगाएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले झा पक्राउ परेपछि ठूलो राजनीतिक दाउपेच भएको बताएका हुन् ।

उनले उनले अघिल्लो सरकारले प्रतिवादी बनाउन नचाहेको झालाई अहिलेको सरकारले समातेपछि सरकार ढलेको दाबी गरे ।

उनले भने, ‘बेचन झालाई जब सरकारले नियन्त्रणमा लियो त्यसपश्चात् राजनीतिक बेचैनी सुरु भयो । त्यसबेला सरकारले अभियोजनपत्रमा समेत नाम नराखेको झालाई जब सरकारले समात्यो राजनीतिक चलखेल सुरु भयो।’

उनले बेचन झाको फाइल अघि बढाउन सरकारलाई आग्रह गरे । उनले अब बन्ने नयाँ सरकारलाई पनि बेचन झाले चैन नदिने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij