२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्य अन्योलमा

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्य अन्योलमा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि आज साँझ ५ बजे बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

प्रमुख सत्ताधारी दल नेकपा एमालेले आज पनि विश्वास मत नदिने बताएपछि प्रदेशसभा बैठक अनिश्चितकालका स्थगित गरिएको हो । सोडारीले शुक्रबार पनि विश्वासको मत लिन खोजेका थिए ।

तर, मत जित्न नसक्ने खतरा भएपछि बैठक आजका लागि सारिएको थियो । आज पनि एमाले तयार नभएपछि बैठक नै अनिश्चित बनेको हो । सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । विश्वासको मत लिन उनलाई ५ जेठसम्मको समय छ । उनी एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij