२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

सरकारको कामको गति परिवर्तन गर्न नयाँ समीकरणः प्रधानमन्त्री

सरकारको कामको गति परिवर्तन गर्न नयाँ समीकरणः प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सत्ता गठबन्धन बनेपछि देशको राजनीति सही ट्रयाकमा आएको दाबी गरेका छन् । पोखरामा आइतबार बिहान पार्टीका अगुवा नेता–कार्यकर्तासँगको भेटमा प्रधानमन्त्रीले अब कामको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यलाई बलियो बनाउन निम्ति नयाँ समिकरण बनाएको बताए ।

उनले एकातिर कांग्रेसबाट पटकपटक धोका भएको अर्कोतिर गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएको बताए । प्रधानमन्त्रीले गण्डकी प्रदेश सरकारको नेतृत्व माओवादीले नै पाउने बलियो आधार बनेको पनि बताए ।

प्रधानमन्त्रीले माओवादीलाई सुदृढ गर्न हिमाल,पहाड तराई सबै क्षेत्रलाई समेट्ने गरी एक महिने अभियान चलाउने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij