२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

रुसी सेनामा भर्ना भएका थप ७ नेपालीको मृत्यु

रुसी सेनामा भर्ना भएका थप ७ नेपालीको मृत्यु

काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । बिहीबार मन्त्रालयले विज्ञप्ति जारी गरी रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक., बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij