२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

१५ हजार घुससहित वैदेशिक रोजगार विभागका नासु पक्राउ

१५ हजार घुससहित वैदेशिक रोजगार विभागका नासु पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत नायब सुब्बा प्रमोद निरौलालाई नियन्त्रणमा लिएको छ । धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टंगालबाट टोलीले निरौलालाई नियन्त्रणमा लिएको हो ।

उनलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रवक्ता नरहरि घिमिरे जानकारी दिएका छन् । निरौलाको साथबाट स्रोत नखुलेको ७१ हजार ६२० पनि बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij