२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका विषयमा कांग्रेसका युवा नेताहरुबीच छलफल

महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका विषयमा कांग्रेसका युवा नेताहरुबीच छलफल

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका लागि युवा नेताहरुले छलफल सुरु गरेका छन् । राजधानीमा एक विशेष कार्यक्रम आयोजना गर्दै युवा नेताहरुले आसन्न महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका बारेमा ‘महासमिति मन्थन’ छलफल कार्यक्रम सुरु भएको हो ।

पार्टीलाई मजबुत बनाउन संगठन सुधारका लागि पहल गर्नुपर्ने अपरिहार्यता रहेको जनाउँदै महासमिति बैठकलाई कर्मकाण्डी मात्र बनाउन नहुने विषयमा छलफल भएको कांग्रेस युवा नेता भूपेन्द्रजंग शाहीले जनाए ।

सरकारमा रहेको अवस्थामा र अन्य अवस्थामा पनि पार्टीले देशका गम्भीर समस्या र जनताका जल्दाबल्दा समस्या समाधानका लागि पार्टीभित्रका सबै पक्षहरुलाई समेटेर छलफल गर्नुपर्ने जनाइएको थियो ।

पछिल्ला केही वर्षयता पार्टीभित्र गुटबन्दीका चरम प्रभाव देखिएको हुनाले गुटबन्दीको अन्त्यका लागि पनि पार्टीका शीर्ष नेताहरुले भूमिका खेल्नुपर्ने जनाइएको थियो ।

छलफलमा कांग्रेसका युवा नेताहरु गुरुराज घिमिरे, रन्जित कर्ण, भूपेन्द्रजंग शाही, बंशलाल तामाङ, मैना कार्की, गोमा केसी, रमिला महत, टेकराज पौडेल, नारायण भट्टराइ, विनोद खनाल, मनोहरि श्रेस्ठ, मोतिलाल भन्डारी, प्रेमिका राना, किरणकिशोर घिमिरे, भुवन भट्ट, धर्मराज शाही, विनिता खड्कालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij