२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

अन्य जिल्लाको बजेट रोकेर प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा केन्द्रित गरिएको अमरेश सिंहको आरोप

अन्य जिल्लाको बजेट रोकेर प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा केन्द्रित गरिएको अमरेश सिंहको आरोप

काठमाडौं । सांसद अमरेश कुमार सिंहले अन्य जिल्लाको बजेट रोकेर प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा केन्द्रित गरिएको आरोप लगाएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवन, कांग्रेस सभापति शेरबहादुर देउवाको जिल्ला डडेल्धुरा र अर्थमन्त्रीको जिल्ला नुवाकोटमा मात्र बटेट खनाइएको आरोप लगाएका हुन् ।

उनले तीन जनाको मात्रै यो देश हो ? भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘नुवाकोट, डडेल्धुरा र चितवनबाहेक ७४ जिल्लामा विकास भएको छैन, बहुवर्षीय ठेक्का रोकिएका छन् । तीन जनाको मात्र हो यो देश ?’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij