काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मेची–महाकाली संवाद यात्रा तत्कालका लागि स्थगित गरेका छन् । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गएराति निधन भएकाले महामन्त्री थापाले आफ्नो संवाद यात्रा स्थगित गरेको बताएका छन् ।
उनले भनेका छन्, ‘नेपाली कांग्रेसका निष्ठावान नेता, केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको असामयिक निधनमा पार्टी शोकमा भएकोले समुदायमा कांग्रेस अभियानका कार्यक्रम हाललाई स्थगित गरिएको छ। संवाद यात्राका स्थगित कार्यक्रमहरू पछि मिति तय गरी सोही स्थानबाट पुनः सुचारु हुनेछन् ।’
थापाले झापाबाट यही माघ १३ गते संवाद यात्राको थालनी गरेका थिए भने यात्रालाई यही २६ गते धनगढीमा पुगेर समापन गर्ने कार्यक्रम तय भएको थियो । यात्राका क्रममा स्थानीय बासिन्दासँग विकास निर्माण, स्थानीय समस्या लगायतका विषयमा जनतासँग प्रत्यक्ष भेटेर छलफल गर्दै अभियानलाई अगाडि बढाएका थापाले स्थगित भएको यात्रालाई महासमितिको बैठकपछि पुनः समय मिलाएर निरन्तरता दिने थापाले बताएका छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij