२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

प्रतिनिधिसभामा अब सांसदहरुको विद्युतीय हाजिरी

प्रतिनिधिसभामा अब सांसदहरुको विद्युतीय हाजिरी

काठमाडौ । संसदमा अबदेखि उपस्थित हुने सांसदहरुको विद्युतीय हाजिरी हुने र दैनिक सार्वजनिक गरिने भएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तेस्रो अधिवेशनदेखि प्रतिनिधिसभा बैठकको कार्यतालिका लागू गर्ने निर्णय अनुसार उक्त व्यवस्था गर्ने निर्णय गरेको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यतालिका लागू भएपछि बैठकमा सांसदहरुको उपस्थिति र सहभागिता सहज हुने अपेक्षा गरेको बताए । उनले सांसदहरुको उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रुपमा सार्वजनिक गर्नुपर्ने बताए ।

उनले भने,‘माननीयहरुको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही हो ।’ परामर्श समितिको बैठकमा कानुन मन्त्री धनराज गुरुङले धेरै गृहकार्य गरेर कार्यतालिका लागू गर्ने अवस्थामा पुगेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij