२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

एमाले धादिङको अधिवेशनमा कार्यकर्ताबीच मुक्का हानाहान

एमाले धादिङको अधिवेशनमा कार्यकर्ताबीच मुक्का हानाहान

काठमाडौं । नेकपा एमाले धादिङको जिल्ला अधिवेशनमा विवाद भएको छ । बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको विज्ञप्ति जारी गरेलगत्तै जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जिल्ला अधिवेशन स्थगित नभएको बताएका छन् । त्रिपाठीले विज्ञप्ति जारी गरी केही अनधिकृत व्यक्तिले अधिवेशन स्थगित भएको भनी सामाजिक संजालमा भ्रम फैलाएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘केही अनाधिकृत उच्छृङ्खल व्यक्तिले अधिवेशनको थप कार्यक्रम स्थगित भएको भनी सामाजिक सन्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा एमाले धादिङको ध्यानाकर्षण भएको छ । बन्द सत्रको कार्यक्रम निरन्तर सन्चालन भइरहेको व्यहोरा अवगत गराउँदै सम्बन्धित सबैलाई यो भ्रममा नपर्न अनुरोध गर्दछु ।’

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij