२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

सुदूरपश्चिममा खगराजलाई हटाएर मानबहादुरलाई बनाइयो माओवादी संसदीय दलको नेता

सुदूरपश्चिममा खगराजलाई हटाएर मानबहादुरलाई बनाइयो माओवादी संसदीय दलको नेता

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता परिवर्तन गरेको छ । उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले बहुमतबाट संसदीय दलको नेता परिवर्तन गरेको हो ।

यसअघि दलको नेता रहेका खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाएको प्रदेश सभा सदस्य शिवसिह ओलीले जानकारी दिएका छन् । धामी यसअघि प्रमुख सचेतक थिए। सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाएका हुन् ।

संसदीय दलको नेता फेरिएको सूचना प्रदेश सभा सचिवालयमा बुझाइएको पनि बताइएको छ। नेता परिवर्तन गर्ने बैठकमा तत्कालीन दलका नेता खगराज भट्ट, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउद र प्रदेशसभा सदस्य जानकी पौडेल कुँवर भने अनुपस्थित थिए ।

धामी दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । उनी सुदूरपश्चिमको पूर्व वनमन्त्री समेत हुन्। सुदूरपश्चिममा माओवादी केन्द्र पनि २ मन्त्री र एक राज्यमन्त्रीसहित गठबन्धन सरकारमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij