२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को निर्वाचन विवादको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले गैरआवासीय नेपाली संघको निर्वाचन विवादका बारेमा छानबिन गर्न महान्यायाधिवक्ता कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा चार सदस्यीय समिति गठन गर्ने निर्णय भएको जानकारी दिइन् ।

त्यस्तै, बैठकले धितोपत्र बजार सञ्चालन गर्ने संगठीत संस्थासम्बन्धी अध्ययन गर्न राष्ट्र बैंकका पूर्वडेपुटी गर्भनर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा तीन सदस्य अध्ययन समिति गठन गरेको छ । त्यस्तै सरकारले सशस्त्र प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij