२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

कोशीमा एमाले र राप्रपाबीच चुनावी तालमेल

कोशीमा एमाले र राप्रपाबीच चुनावी तालमेल

विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि कोसी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल गर्ने सहमति भएको छ । सहमतिमा सोमबार एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र राप्रपाको कोशी प्रदेश अध्यक्ष रामकुमार थापाले हस्ताक्षर गरेका छन् ।

राप्रपाले महिला कोटामा एमालेकी उम्मेदवार रुक्मिणी कोइरालालाई र एमालेले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई सहयोग गर्ने सहमति भएको हो । कोशी प्रदेशसभा सदस्य र पालिकातर्फसमेत गरी कोसीमा एमालेको कुल मतभार चार हजार २१० छ ।

स्थानीय तहमा राप्रपाका चार प्रमुख/उपप्रमुख र प्रदेशसभा सदस्यसमेतको मतभार ३९४ छ । एमाले र राप्रपा जोड्दा कुल मतभार ४ हजार ५६६ पुग्छ । उता गठबन्धन दलसँग पाँचहजार ४८३ मतभार छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij