२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

काठमाडौंमा नक्कली चिकित्सक पक्राउ

काठमाडौंमा नक्कली चिकित्सक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट एकजना नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली चिकित्सक सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेको हो ।

उनलाई बसुन्धरास्थित धवलागिरि हिमाल पोलिक्लिनिकबाट पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । उनले भारतबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij