२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

विमानस्थलबाट आधा किलो सुनसहित एक युवक पक्राउ

विमानस्थलबाट आधा किलो सुनसहित एक युवक पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एकजना पक्राउ परेका छन् । झापाका २३ वर्षीय खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित पक्राउ गरिएको हो । आइतबार हिमालय एयरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका उनलाई पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिएका छन् ।

विशेष सूचनाको आधारमा दर्जीलाई पक्राउ गरिएको उनले बताए । बरामद भएको सुन दर्जी आफैले ल्याएको वा अरुको हो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij