२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

केएमसी चिकित्सक निलम्बनको समस्या समाधान गर्न शिक्षा मन्त्रीको निर्देशन

केएमसी चिकित्सक निलम्बनको समस्या समाधान गर्न शिक्षा मन्त्रीको निर्देशन

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री  अशोकप्रसाद राईले काठमाडौँ मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा. विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न काठमाडौँ विश्वविद्यालयलाई निर्देशन  दिएका छन् । काठमाडौँ विश्वविद्यालयको सहकुलपतिका हैसियतले मन्त्री राईले त्यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री राईको निर्देशनबारे मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई आज जानकारी गराउँदै निजमाथिको निलम्बन फुकुवा गरी विश्वविद्यालयले तय गर्ने मापदण्ड जारी भएपछि मात्रै चिकित्सकहरुलाई स्वास्थ्य शिविरमा परिचालन गराउन  निर्देशन दिइएको बताए ।

उक्त कलेजले १२ दिनअघि डा दाहाललाई खटाइएको शिविरमा नगएका कारण निलम्बन गरेको थियो भने उक्त कारबाही नियमसङ्गत नभएको भनी संसदीय समितिमा आवाज उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij