२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

कांग्रेस किचलो

टिकट वितरणमा देउवाको दादागिरी, बहुमतको बलमा बाहुबली शैली

टिकट वितरणमा देउवाको दादागिरी, बहुमतको बलमा बाहुबली शैली

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनको उम्मेवार चयनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले “बाहुबली शैली” देखाएकमा छन् ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भएपनि सभापति देउवाले माओवादी केन्द्रलाई राष्ट्रिय सभाको ठूलो दल बनाउने गरी सहमति गरेका छन् ।

राष्ट्रिय सभाको रिक्त हुने २० मध्ये १९ सीटका लागि हुने निर्वाचनमा सत्तारुढ गठबन्धनबीच सीट बाँडफाँट भइसकेको छ । निर्वाचनको परिणाम गठबन्धनको पक्षमा आउने लगभग निश्चित छ । सो अवस्थामा निर्वाचनपछि माओवादी केन्द्र १८ सांसदसहित राष्ट्रियसभाको पहिलो पार्टी बन्नेछ । कांग्रेस भने १६ सीटसहित दोस्रो हुनेछ ।

छैटौपटक प्रधानमन्त्री बन्ने लोभले माओवादीलाई राष्ट्रियसभाको ठूलो दल बनाउन तयार देउवा आफ्नै पार्टीभित्र भने निर्मम देखिएका छन् । महाधिवेशनमा ४० प्रतिशत मत पाएका डा.शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षलाई बहुमतले पेल्ने शैली देउवाले देखाएका छन् । कांग्रेसले पाएका १० मध्ये ७ सीट देउवाले आफैसँग राख्न चाहेका छन् । शेखर पक्षलाई ३ सीटमात्रै दिने देउवाको तयारी न्यायोचित देखिदैन ।

आफूनिकट “संसदीय चुनाव हारेका”नेताहरुलाई पद बाड्न देउवाले सोहीअनुकुलको क्लष्टर कांग्रेसको भागमा पारेका छन् । कांग्रेस कार्यसम्पादन बैठकमा अराजक रुपमा देउवा प्रस्तुत भएका छन् । उनले पार्टीमा आफ्नो बहुमत रहेको दावी गर्दै मागेजति दिन नसक्ने बताएका छन् । इतर पक्षले भने राष्ट्रियसभामा सम्मानजनक प्रतिनिधित्व जरुरी रहेको बताउँदै आएको छ । पार्टीभित्रको सबै पक्षलाई न्यायको महसुस नहुँदा विद्रोह हुने चेतावनी इतरपक्षले दिएको छ ।

“माओवादी,समाजवादी र जनमोर्चालाई भाग लगाउन सक्ने हाम्रो सभापतिले आफ्नै पार्टीका साथीहरु समेट्ने कुरामा कुखुरे छाती गर्नुभएको छ । पार्टीभित्र बहुमतको बलमा दादागिरी देखाउन खोज्नुभएको छ । बैठकमा उहाँको प्रस्तुति पनि सकरात्मक छैन”, इतर पक्षका एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij