२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

दाङको तुलसीपुरमा बस दुर्घटना, २० जना घाइते

दाङको तुलसीपुरमा बस दुर्घटना, २० जना घाइते

दाङ । दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । बर्दियाबाट दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस आइतबार बिहान राप्ती राजमार्गको अमेलिया–तुलसीपुर सडक खण्डमा पर्ने तुलसीपुर–१३, दमारगाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जानकारी दिए ।

वनभोजका लागि दाङ जाँदै गरेको बस सडक छेउको नालामा पल्टिएको एसपी केसीले जानकारी दिए । घाइतेलाई घटनास्थलबाट उद्धार गरेर तुलसीपुर प्रादेशिक अस्पताल लैजाने काम भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij