झरना अधिकारी, अमेरिका ।
नेपाली समाज टेक्सस (एनएसटी) को अध्यक्षमा पुनः राजेन्द्र वाग्ले विजयी भएका छन् । आइतबार सम्पन्न अधिवेशनमा प्रतिस्पर्धी कमलराज सत्याललाई पराजित गर्दै वाग्ले दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा जनक भण्डारी, उपाध्यक्षमा बलराम पौडेल, महासचिवमा विजय भूसाल, सचिवमा पूण्य पाण्डे, कोषाध्यक्षमा रामकृष्ण यादव, सह कोषाध्यक्षमा गोविन्दराज जोशी, युवा संयोजकमा प्रविश श्रेष्ठ, स्पोर्ट्स संयोजकमा निलेश श्रेष्ठ निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सावित्री भण्डारी र महिला संयोजकमा शान्ताकुमारी गिरी निर्विरोध निर्वाचित भए । कार्यसमिति सदस्यहरुमा राधिका खराल, राधा अधिकारी पौडेल, रमेश अधिकारी, जीवलाल भूसाल र मनोज धिताल निर्वाचित भएका छन् ।
मतपरिणामअनुसार वाग्लेले ८ सय ८५ मत प्राप्त गरे भने सत्यालले ६ सय ११ मत पाए । कुल २ हजार ५ सय १२ सदस्यमध्ये मतदानमा १ हजार ५ समय ६४ जना सहभागि थिए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij