२०८३ मंसिर १ सोमबार

Nov 16 2026 Monday

२०८३ मंसिर १ सोमबार

बझाङको बुङ्गलमा अटो दुर्घटना, तीन जनाको मृत्यु

बझाङको बुङ्गलमा अटो दुर्घटना, तीन जनाको मृत्यु

बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटो मङ्गलबार बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाका अनुसार अटोको ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

दुर्घटनामा परी बुङ्गल नगरपालिका–१० निवासी करिब ३५ वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महराको मृत्यु भएको छ । दुर्घटनामा एक बालक बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

अटोमा चालकसहित चारदेखि पाँच जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भए पनि अटो चालक तथा अन्य सवार व्यक्तिको पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij