२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

२०८३ कार्तिक २० बिहिबार

अर्थमन्त्री वाग्ले र अमेरिकी कार्यवाहक राजदूतबीच पुनर्निर्माण र डिजिटल रूपान्तरणमा सहकार्यबारे छलफल

अर्थमन्त्री वाग्ले र अमेरिकी कार्यवाहक राजदूतबीच पुनर्निर्माण र डिजिटल रूपान्तरणमा सहकार्यबारे छलफल

काठमाडौं । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ ।
बिहीबार भएको भेटमा गत भदौमा आएको बाढीपछि नेपाललाई अमेरिकाले प्रतिबद्धता जनाएको ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढीको सहायता तथा पुनर्निर्माण र पुनःस्थापनाका विषयमा छलफल भएको हो ।

नेपालको बाढी प्रतिकार्य तथा पुनःस्थापना प्रयासमा अमेरिकाले सबैभन्दा ठूलो सहयोगी राष्ट्रका रूपमा भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै कार्यवाहक राजदूत बोल्डिनले पुनर्निर्माणमा अमेरिकी कम्पनी र प्रविधिको महत्वपूर्ण भूमिका हुन सक्ने बताइन् ।

उनले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मार्फत नेपालको विद्युत् तथा यातायात प्रणाली सुदृढ बनाउने कामले विपद्पछिको पुनःस्थापनामा सहयोग पुर्याइरहेको पनि उल्लेख गरिन् ।

विपद् पुनःस्थापनाभन्दा पर नेपालको डिजिटल रूपान्तरणका लागि अमेरिकी प्रविधिले महत्वपूर्ण योगदान दिन सक्ने उनको भनाइ थियो । त्यस्तै, नेपालले व्यवसायमैत्री सुधार कार्यान्वयन गर्न सके अमेरिकी कम्पनीका लागि लगानी तथा व्यावसायिक अवसर सिर्जना हुने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij