काठमाडौं । नेपाल विद्यार्थी संघबाट जुझारु विद्यार्थी नेताको छवि बनाएका इञ्जिनियर भुवन भट्ट अब पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश गरेका छन् । डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि बनेका भट्टले १५ औं महाधिवेशनमा युवा केन्द्रीय सदस्यमा दावेदारी प्रस्तुत गरेका छन् । नेपाली कांग्रेसको ३५ वर्ष मुनिको युवा क्लष्टरको सुदुरपश्चिम प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा भट्टले गरेका हुन् ।
उनले १५औँ महाधिवेशनमा १५ऐजेण्डा वोकेर महाधिवेशनमा उम्मेदवारि दिएका छन् । भट्टले २०८२, भदौ २६ मुलुकमा संविधानमाथि वादल मडारिरहेको थियो, सैनिक कर्फ्युका विच संविधान वोकेर सडकमा आन्दोलनको नेतृत्व गरेका थिए ।
शक्तिशाली गृहमन्त्रीमाथि अनैतिक गतिविधिमा संलग्न भएको प्रश्न उठ्दा कानुनी राज्य र सुशासनका लागि देशकै केन्द्र सिंहदरबार भित्रै आवाज वुलंद गर्ने निर्भक युवा पनि हुन् ।
आफ्नै पार्टि सरकारमा हुदा जनसरोकार र युवाका मुद्धा सडकवाट वुलंद गर्दै आएका थिए । उनले प्रचण्ड नेतृत्वको काँग्रेस सम्मिलित सरकारका वेला वालुवाटार।घेराउको नेतृत्व गरि मन्त्रीहरुको राजिनामा मागेर खवरदारि गरेका थिए ।
इतिहासमै युवाको नेतृत्व गर्दै काँग्रेसको नियमित अधिवेशन, युवा प्रतिनिधित्व र आन्तरिक लोकतन्त्रका लागि केन्द्रीय कार्यालयमा ताला लगाएर राष्ट्रिय सन्देश युवा नेता भट्टले दिएका थिए ।

४० वर्ष मुनिका ४०% युवा प्रतिनिधित्वका लागि काँग्रेस सुधार।अभियानको सुरुवा समेत उनले गरेका थिए । विश्वविद्यालय सुधार, निशुल्क शिक्षा र स्वास्थ्यका लागि आवाज उठाइरहेका युवा ।
सरकारको अराजकता विरुद्ध शुसासन र युवाका ऐजेण्डामा खरो आवाज उठाउदै आएका छन् , गृहमन्त्री सुधन गुरुङ माथि अनैतिक गतिविधिमा संलग्न भएको आरोप लाग्दा भट्टकै नेतृत्वमा युवाहरु सिंहदरबार भित्र प्रधानमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेर चर्चामा आएका थिए ।
राज्यलाई खवरदारि गर्न सुकुम्बासी होल्डिङ सेन्टर निरिक्षणमा पुग्ने पहिलो युवा समेत हुन् । भ्रष्टाचार विरुद्ध शुसासन र युवाका ऐजेण्डामा खरो आवाज उठाउने युवा हुन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij