समाना देवकोटा
अस्टिन, टेक्सस
ग्रेटर अष्टिन नेपाली सोसाइटी (GANS) द्वारा अमेरिकामा हुर्किरहेका नेपाली मूलका बालबालिकालाई नेपाली भाषा, संस्कृति, परम्परा र पहिचानसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ज्ञान्स ग्रीष्मकालीन विद्यालय सफलतापूर्वक सम्पन्न भएको छ। करिब ७५ जना विद्यार्थी सहभागी रहेको कार्यक्रमले भाषा शिक्षासँगै नेपाली संस्कार, कला, सिर्जनशीलता, नेतृत्व विकास तथा सामुदायिक सहभागितालाई प्रवर्द्धन गरेको आयोजकले जनाएको छ।
संस्थाका अध्यक्ष पदम ठाकुराठीका अनुसार विदेशमा हुर्किरहेका नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्ने उद्देश्यले ग्रीष्मकालीन विद्यालय सञ्चालन गरिएको हो। कार्यक्रममा नेपाली भाषा, नृत्य, चित्रकला, नेपाली संस्कृति, सामाजिक मूल्य–मान्यता, व्यक्तित्व विकास तथा विविध सिर्जनात्मक गतिविधि सञ्चालन गरिएको थियो। छोटो तयारीका बाबजुद अभिभावक, स्वयंसेवक तथा समुदायको उल्लेखनीय साथ र सहयोगका कारण कार्यक्रम सफल भएको उहाँले बताउनुभयो।
ग्रीष्मकालीन विद्यालयको संयोजन संस्थाकी उपाध्यक्ष सपना रावतले गर्नुभएको थियो भने कार्यकारी सदस्य एलिजा थापा पौडेलले समग्र व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी सम्हाल्नुभएको थियो। कार्यक्रम सफल बनाउन शिक्षक–शिक्षिका, स्वयंसेवक, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय योगदान रहेको थियो।
कार्यक्रमको शुभारम्भ पशुपति मन्दिर परिषद्का पुजारीद्वारा वैदिक पूजाआजा तथा कन्याहरूको स्वागतसँगै गरिएको थियो। धार्मिक तथा सांस्कृतिक वातावरणमा सञ्चालन भएको विद्यालयले बालबालिकालाई नेपाली संस्कार, संस्कृति र परम्परासँग नजिकबाट परिचित गराउने अवसर प्रदान गरेको थियो।
समापन समारोहमा बालबालिकाले राष्ट्रिय गान, नृत्य, सङ्गीत तथा विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। आरोह गिरी र आरोहण गिरीले राष्ट्रिय गान प्रस्तुत गरेका थिए भने दक्षिणा थापा र दर्शना थापाले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरी बालबालिकाले गितारवादन, गायन तथा अन्य सिर्जनात्मक प्रस्तुति प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
बालबालिकामा नेतृत्व क्षमता, आत्मविश्वास तथा सार्वजनिक रूपमा बोल्ने कला विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनको जिम्मेवारी पनि उनीहरूलाई नै दिइएको थियो। लियो आरुष बस्याल, निवेशा न्यौपाने, लुनिभा कर्माचार्य, इभा मानन्धर, इयान मानन्धर तथा एरोन गोसाईले कार्यक्रम सञ्चालन गर्दै आफ्नो नेतृत्व क्षमता र प्रस्तुतीकरण कौशल प्रदर्शन गरेका थिए।
समापन समारोहको विशेष आकर्षण हालै विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फर्किनुभएका अस्टिन निवासी युवा अमृत परियारसँगको प्रेरणामूलक अन्तरक्रिया रह्यो। सो अवसरमा ग्रेटर अष्टिन नेपाली सोसाइटीले उहाँलाई खादा, फूलमाला तथा सम्मानपत्र प्रदान गरी विशेष सम्मान गरेको थियो।
अन्तरक्रियाका क्रममा अमृत परियारले सगरमाथा आरोहणको तयारी, चुनौती, संघर्ष र सफलताका अनुभव बालबालिकासँग साझा गर्दै ठूलो सपना देख्न, त्यसलाई साकार बनाउन निरन्तर मेहनत, अनुशासन, धैर्यता तथा आत्मविश्वास आवश्यक पर्ने बताउनुभयो। दृढ इच्छाशक्ति र निरन्तर प्रयासबाट असम्भव देखिने लक्ष्यसमेत हासिल गर्न सकिने सन्देश उहाँले दिनुभयो।
कार्यक्रममा सहभागी बालबालिकाले सगरमाथा आरोहणसँग सम्बन्धित विभिन्न जिज्ञासा राख्दै उत्साहपूर्वक प्रश्न गरेका थिए। अमृत परियारले उनीहरूको प्रश्नको सहज र प्रेरणादायी ढंगले उत्तर दिँदै आफ्ना अनुभव साझा गर्नुभएको थियो। उक्त अन्तरक्रियाले सहभागी बालबालिकामा आत्मविश्वास, सकारात्मक सोच र भविष्यप्रतिको विश्वास अभिवृद्धि गरेको अभिभावकहरूले बताएका छन्।
कार्यक्रममा सहभागी अभिभावकहरूले ग्रीष्मकालीन विद्यालयको खुलेर प्रशंसा गरेका छन्।
अवनीश लामिछानेले ग्रीष्मकालीन विद्यालयको सुरुआतलाई अत्यन्त सकारात्मक पहलको रूपमा लिँदै नेपाली भाषा, धर्म, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने अभियानको प्रशंसा गर्नुभयो। आगामी वर्षहरूमा इन्जिनियर, चिकित्सक, प्राध्यापक, कृत्रिम बुद्धिमत्ता (AI) विज्ञ, उद्यमी तथा विभिन्न क्षेत्रमा सफल नेपाली व्यक्तित्वलाई सहभागी गराई उनीहरूका अनुभव बालबालिकासँग साझा गर्ने व्यवस्था मिलाउन सुझाव दिनुभयो।
सूर्य शाहले आफ्ना बालबालिकामा नेपाली भाषा बोल्ने रुचि, नेपाली संस्कृतिप्रतिको अपनत्व, आत्मविश्वास तथा सामाजिक घुलमिलमा सकारात्मक परिवर्तन आएको अनुभव सुनाउनुभयो।
सुरज राउतले यस्ता कार्यक्रमले बालबालिकामा नेतृत्व क्षमता, सामाजिक व्यवहार तथा सामुदायिक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी वर्षहरूमा अझ धेरै बालबालिकालाई समेट्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
त्यसैगरी कार्यक्रमका सहभागी ईश्वर श्रेष्ठले ग्रीष्मकालीन विद्यालय सफलतापूर्वक सम्पन्न हुनु सुखद पक्ष भएको बताउनुभयो। यस्ता कार्यक्रमले पुस्ताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै भाषा, संस्कृति र संस्कारको हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उहाँले कार्यक्रममा अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता तथा उत्साहजनक उपस्थिति रहेको बताउनुभयो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अझ बृहत् रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो।
कार्यक्रमको समापनमा ग्रीष्मकालीन विद्यालय सफल बनाउन योगदान पुर्याउने शिक्षक–शिक्षिका, स्वयंसेवक, कार्यक्रम सञ्चालनमा सहभागी बालबालिका तथा सम्पूर्ण विद्यार्थीलाई उनीहरूको योगदानको कदरस्वरूप मायाको चिनो (Token of Love) प्रदान गरी सम्मान गरिएको थियो।
समापन समारोहमा अध्यक्ष पदम ठाकुराठीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने NRNA USA, विभिन्न संघ–संस्था, दाताहरू, शुभेच्छुकहरू, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, शिक्षक–शिक्षिका, स्वयंसेवक, अभिभावक, पशुपति मन्दिर परिषद् परिवार, नास्ता प्रायोजक सूर्य शाह, कार्यक्रम संयोजक सपना रावत, कार्यकारी सदस्य अलिजा थापा पौडेल, कार्यक्रमको प
© 2026 All right reserved to samajpress.com | Site By : Sobij