२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

प्रधानमन्त्रीले राष्ट्रघात गर्नुभयो, संसदमा आएर माफी माग्नुपर्छः सांसद पोखरेल

प्रधानमन्त्रीले राष्ट्रघात गर्नुभयो, संसदमा आएर माफी माग्नुपर्छः सांसद पोखरेल

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्रीले दिएको नेपाल–भारत सीमासम्बन्धी हालैको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै संसदमा स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिपछि १९ दिन बितिसक्दा पनि कुनै आत्मालोचना नआएको बताउँदै देश र जनतालाई हेपेको बताएका हुन् ।

उनले भने,‘प्रधानमन्त्रीज्यूले जे कुरा अभिव्यक्त गर्नुभयो, आज १९ दिन भयो उहाँले संसदमा आएर यसको विषयमा मैले गल्ती गरे भन्नुभएको छैन । देशलाई हेप्नुभयो । तीन करोड नेपाली जनतालाई हेप्नुभयो । राष्ट्रविरुद्ध बोल्नुभयो । प्रधानमन्त्रीको बोलीले राष्ट्रघात भयो । त्यसैले प्रधानमन्त्री संसदमा आएर यसविषयमा स्पष्ट पार्नुपर्छ ।’

त्यसैगरी, उनले कर छली गरेर भित्राइएका बीवाईडी गाडी प्रकरणबारे संसदीय छानबिन समिति गठन गर्न पनि माग गरेका छन्।
उनले यस विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको भन्दै सरकारको जवाफदेहितामा जोड दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij