२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

२०८३ कार्तिक २३ आइतबार

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्रीबीच दुई देशको सम्बन्धका विविध विषयमा उच्चस्तरीय छलफल

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्रीबीच दुई देशको सम्बन्धका विविध विषयमा उच्चस्तरीय छलफल

काठमाडौँ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चीनका विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् । सोमबार साँझ भएको भेटका क्रममा आफूहरुबीच नेपाल–चीन द्विपक्षीय सम्बन्धका समग्र पक्षबारे विस्तृत छलफल भएको परराष्ट्रमन्त्री खनालले जानकारी दिएका छन् ।

छलफलमा पारवहन तथा कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण र बहुपक्षीय सहकार्यका विषय समेटिएका थिए । दुवै पक्षबीच जनस्तरको सम्बन्ध विस्तार गर्ने उपायबारे पनि विचार आदानप्रदान भएको उनले बताए ।

साथै, नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउँदै दुवै देशको साझा हित र पारस्परिक लाभका लागि सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता पुनः व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij