अस्टिन, टेक्सास | मे ३१, २०२६ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स) को छैटौं अधिवेशन तथा नवनिर्वाचित कार्यसमिति र बोर्ड अफ ट्रष्टीको सपथ ग्रहण कार्यक्रम आज ग्यान्स सामुदायिक केन्द्रमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा समुदायका अग्रज, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा ग्यान्स सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमको शुभारम्भ नेपाल र संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गान सामूहिक रूपमा गाएर तथा पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। उद्घाटन सत्रले नेपाली संस्कृति, पहिचान र राष्ट्रिय भावनालाई विशेष महत्व दिएको थियो। कार्यक्रममा गायक धर्मानन्द ले “नेपाली हामी रहौंला कहाँ, नेपाली नरहे” बोलको लोकप्रिय देशभक्ति गीत प्रस्तुत गर्दै उपस्थित सबैलाई नेपालीपनको अनुभूति गराएका थिए। उनको प्रस्तुतिले मातृभूमिप्रतिको माया, नेपाली भाषा, कला र संस्कृतिप्रतिको सम्मान झल्काएको थियो।कार्यक्रममा निर्वाचन आयोगका संयोजक प्रद्युम्न श्रेष्ठ सहित सम्पूर्ण निर्वाचन टोलीलाई सम्मान तथा धन्यवाद ज्ञापन गरिएको थियो। निवर्तमान अध्यक्ष गेहेन्द्र केसी ले आफ्नो कार्यकाल औपचारिक रूपमा समापन गर्दै वर्तमान कार्यसमिति विघटनको घोषणा गरी नवनिर्वाचित नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए।हालै सम्पन्न निर्वाचनबाट निर्वाचित अध्यक्ष पदम ठकुराठी ले सपथ ग्रहण गर्दै ग्यान्सलाई सबैको साझा संस्था बनाउँदै एकता, पारदर्शिता र समावेशितालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।सपथ ग्रहण गर्ने नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष पदम ठकुराठी, वरिष्ठ उपाध्यक्ष अशोक कुमार शाही, महिला उपाध्यक्ष सपना राउत, उपाध्यक्ष धिरेन्द्र कुमार यादव, महासचिव सूर्य कार्की, सचिव प्रिन्स भट्ट (बसन्तराज), कोषाध्यक्ष नारायण प्रसाद रिजाल तथा सदस्यहरू दीपक हुमागाईं, एलिजा थापा–पौडेल, बिनम आचार्य र प्रदीप कुमार भडेल रहेका छन्।त्यसैगरी बोर्ड अफ ट्रष्टीतर्फ चेयर देवराज न्यौपाने, भाइस चेयर निरोज मानन्धर तथा सदस्यहरू हर्षबहादुर नकर्मी, रोशन गोसाई, सुरज अधिकारी, सूर्यनारायण साह, टिकामाया गुरुङ र वर्षा गौतम ले सपथ ग्रहण गरेका थिए।ग्यान्सका संयोजक भाेजराज भट्ट ले ग्यान्स र सामुदायिक केन्द्र दुवै समुदायका साझा संस्था भएकाले सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए। निर्वाचन आयोगका संयोजक प्रद्युम्न श्रेष्ठ ले निर्वाचन सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्वयंसेवक, उम्मेदवार तथा मतदाताप्रति आभार व्यक्त गरे।डल्लासस्थित नेपाली समाज टेक्सासका अध्यक्ष विजय भुसाल ले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै समुदायको अपेक्षाअनुसार परिणाममुखी काममा केन्द्रित हुन सुझाव दिए। नेपाली कल्चरल सोसाइटी डल्लासका उपाध्यक्ष छवि चापागाईं ले एकअर्काको आलोचनालाई सकारात्मक रूपमा ग्रहण गर्दै समाधानमुखी छलफलमा जोड दिनुपर्ने तथा युवा पुस्तालाई संस्थागत नेतृत्वमा जोड्नुपर्ने आवश्यकता औंल्याए।समाजसेवी रविन्द्र जंग थापा, सीपी पौडेल, प्रकाश ढकाल, दिल्लीराम चापागाईं, अशोक न्यौपाने, विकास अधिकारी, गोविन्द दंगाली, श्रीधर, शशी, अनुप थापा, सुरेन्द्र पौडेल, विनय भुसाल, अजय बस्नेत तथा रामकुमार सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै ग्यान्सलाई अझ बलियो, समावेशी र एकताबद्ध संस्थाका रूपमा अघि बढाउन आग्रह गरेका थिए।कार्यक्रमका अवसरमा समुदायमा पुर्याएको योगदानको कदरस्वरूप निरोज मानन्धर लाई Presidential Award प्रदान गरिएको थियो। साथै विभिन्न व्यक्तित्वहरूलाई Token of Love प्रदान गरी सम्मान गरिएको थियो।समापन मन्तव्यका क्रममा वक्ताहरूले निर्वाचनका क्रममा भएका प्रतिस्पर्धा र मतभेदलाई पछाडि छोडेर अब ग्यान्सको उज्ज्वल भविष्य निर्माणतर्फ सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए। “हिजो के भयो भन्दा पनि अब के गर्ने भन्नेमा केन्द्रित हुनुपर्छ” भन्ने सन्देशका साथ सम्पन्न अधिवेशनले समुदायमा एकता, सहकार्य र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै ग्यान्सको छैटौं अधिवेशन सौहार्दपूर्ण तथा भव्य वातावरणमा सम्पन्न भएको थियो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij