झरना अधिकारी , अमेरिका ।
टेक्सासको अस्टिनमा ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स) ले बनाउन लागेको पशुतपतिनाथको मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २ दशमलव ६ एकड जमीनमा निर्माणाधीन पशुपतिनाथको मन्दिर आगामि शिवरात्रीको दिन प्राणप्रतिष्ठा गरि उद्घाटन गर्ने तयारी रहेको छ ।

ग्रेटर अस्टिन क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको संस्था ग्यान्सले हिन्दुहरुको धार्मिक आस्थाको धरोहरका रुपमा अस्टिनमा पशुपतिनाथको मन्दिर निर्माण गरिरहेको छ । यसअघि संस्थाले सामुदायिक भवन निर्माण गरि सञ्चालनमा ल्याइसकेको छ । संस्थाले पशुपतिनाथ मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेकोले यसअघि सहयोग घोषणा गरेका दाताहरुलाई यथाशीघ्र पूर्व घोषित दान रकम उपलब्ध गराउन आह्वान समेत गरेको छ ।

सामुदायिक केन्द्रमा डिसेम्बर ९ मा आयोजित छलफल कार्यक्रममा सहभागिहरुले पशुपतिनाथको मन्दिर समुद्घाटन संस्था र नेपाली समुदायका लागि गर्वको विषय रहेको भन्दै तदारुकताका साथ काम अघि बढाउनुपर्नेमा जोड दिएका छन् । साथै ग्यान्सको पाँचौ सम्मेलन आयोजनाका लागि ५ सदस्यीय निर्वाचन आयोग र विधान समिति समेत गठन गरिएको छ ।
छलफल कार्यक्रमका थप तस्विर र दस्तावेज :


© 2026 All right reserved to samajpress.com | Site By : Sobij