२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

२०८३ कार्तिक २२ शनिबार

विस्थापित सुकुम्बासीलाई प्रतिपरिवार २५ हजार पुनर्स्थापना खर्च दिने सरकारको निर्णय

विस्थापित सुकुम्बासीलाई प्रतिपरिवार २५ हजार पुनर्स्थापना खर्च दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाबाट विस्थापित भएका सुकुम्बासीका लागि एकमुष्ट २५ हजार खर्च उपलब्ध गराउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले वैकल्पिक बसोबासको व्यवस्था गर्न २५ हजार रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनले भने, ‘विस्थापित व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनस्र्थापनाका लागि २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको निर्णय भएको छ ।’

वृद्ध, असहाय र अपाङ्गलगायत आफ्नो व्यवस्थापन गर्न नसक्ने परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने र बालबालिका, विद्यार्थीको पठनपाठन र स्वास्थ्य सेवा स्थानीय तहसँगको समन्वयमा व्यवस्था गर्ने निर्णय भएको पोखरेलले बताए ।

त्यस्तै बैठकले चीन र स्वीटजरल्यान्डबाट प्राप्त हुने अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयबाट आएको प्रस्तावअनुसार नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्वीटजरल्यान्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्र्यांक स्वीकार गर्ने निर्णय गरेको हो ।

त्यस्तै, अरनिको राजमार्ग मर्मत तथा सुधारका लागि चीन सरकारले दिने ७९. ३६ मिलियन आरएमबी अनुदान रकम पनि स्वीकार्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij