२०८३ कार्तिक ३० आइतबार

Nov 15 2026 Sunday

२०८३ कार्तिक ३० आइतबार

इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको भनाइ

इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको भनाइ

वासिङटन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धको लागत करिब २९ अर्ब अमेरिकी डलर पुगेको बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व र सैन्य तयारीमा यसको प्रभावको बारेमा बढ्दो छानबिनको सामना गर्नुपरेको समय यो तथ्याङ्क सार्वजनिक भएको हो ।

क्यापिटल हिलमा बजेट सुनुवाइको क्रममा रक्षा विभागले सार्वजनिक गरेको नयाँ तथ्याङ्क दुई हप्ताअघि रक्षा सचिव पिट हेगसेथले प्रस्ताव गरेको अनुमानभन्दा करिब चार अर्ब डलर बढी हो।

हेगसेथ र ‘ज्वाइन्ट चिफ्स अफ स्टाफ’का अध्यक्ष जनरल डनकेनले पेन्टागनका वित्त प्रमुख जुल्स हस्र्ट तृतीयसँग सन् २०२७ का लागि १.५ ट्रिलियन डलरको बजेट अनुरोधमा बहस भइरहेका समय उनीहरूलाई युद्धको खर्च सार्वजनिक गर्न आवाज उठेको थियो ।

“युद्धको बहसको समयमा यो खर्च २५ अर्ब डलर हुने बताइएको थियो,” हेगसेथको अप्रिल २९ को अनुमानलाई उदृत गर्दै हस्र्टले सांसदहरूलाई भने ।

“तर संयुक्त कर्मचारी टोली र नियन्त्रक टोलीले लगातार त्यो अनुमानलाई हेरिरहेका छन्, त्यसैले यो बजेट २९ अर्बको नजिक छ,” अद्यावधिक ‘उपकरण लागतको मर्मत र प्रतिस्थापन’ र व्यापक परिचालन खर्चलाई उदृत गर्दै उनले भने ।

काङ्ग्रेसले युद्धको लागतको पूर्ण हिसाब कहिले प्राप्त गर्नेछ भन्ने प्रश्नमा हेगसेथले भने, “प्रशासनले पेन्टागनको मुख्य बजेटबाट अलग ‘हामीलाई जे चाहिन्छ त्यो अनुरोध गर्नेछ’ भनेको छ तर त्यो पूरक अनुरोध कहिले आउँछ भनेर बताएको छैन।”
अमेरिकी राष्ट्रपति ट्रम्पले तेहरानको पछिल्लो शान्ति प्रस्तावलाई अस्वीकार गरेपछि युद्धविरामलाई ‘मानवीय जीवनका लागि सहयोग’ का रूपमा राखिएको चेतावनी दिएका छन् ।

डेमोक्र्याटहरूले सुनुवाइलाई युद्धको बढ्दो लागत र अमेरिकी उद्देश्यहरूको बारेमा पारदर्शिताको कमीे दुवैको रूपमा वर्णन गरेको प्रशासनलाई आलोचनासहितको आक्रमण गर्न प्रयोग गरेका छन्।

हाउस एप्रोप्रिएशन कमिटीमा शीर्ष डेमोक्र्याट रोजा डेलाउरोले सोधे “प्रश्नको जवाफ अन्तमा दिनुपर्छ, हामीले के हासिल गरेका छौँ र कुन लागतमा?”

अर्का डेमोक्र्याट बेट्टी म्याककोलमले पेन्टागनलाई ‘पारदर्शिताको निरन्तर अभाव’ भएको आरोप लगाउँदै काङ्ग्रेसले थप कोष अनुमोदन गर्नु अघि प्रशासनको दीर्घकालीन रणनीतिको बारेमा थप स्पष्टताको माग गरेका छन् ।

मध्य पूर्वमा महिनौँदेखिको भारी क्षेप्यास्त्र र हवाई प्रतिरक्षा अभियानपछि अमेरिकी हतियारको भण्डार द्रूत गतिमा घट्दै गएकोमा युद्धले चिन्ता बढाएको छ।

हेगसेथले भने ‘युद्धले अमेरिकी युद्ध सामग्रीको भण्डार खतरनाक रूपमा समाप्त भएको’ भन्ने चेतावनीलाई अस्वीकार गरे ।
“युद्ध सामग्रीको मुद्दालाई मूर्खतापूर्ण र असहयोगी रूपमा बढाइचढाइ गरिएको छ”, उनले भने, “हामीलाई थाहा छ कि हामीसँग के छ। हामीसँग हामीलाई चाहिएको धेरै कुरा छ।”

डेमोक्र्याटिक सिनेटर मार्क केलीले अघिल्लो हप्ताको अन्तमा भनेका थिए, “टोमाहक मिसाइलहरू, प्याट्रियट इन्टरसेप्टर र अन्य उन्नत प्रणालीहरूको भण्डार गम्भीर रूपमा तल झारिएको छ र यसलाई पुनःपूर्ति गर्न वर्षौं लाग्न सक्छ, जसले चीनसँगको भविष्यमा कुनै पनि टकरावमा अमेरिकी तत्परता कमजोर पार्न सक्छ।”

ह्वाइट हाउसले औपचारिक रूपमा अमेरिकी संसद (काङ्ग्रेस) लाई दिएको जानकारीमा भनिएको छ, “फेब्रुअरी २८ मा इरानविरुद्ध अमेरिका र इजरायलले सुरु गरेको शत्रुता ‘समाप्त भएको’ छ।

दुई रिपब्लिकनहरूको समेत समर्थन प्राप्त डेमोक्र्याटहरूले बारम्बार ट्रम्पलाई काङ्ग्रेसको उचित अनुमति बिना युद्ध गरेकोे आरोप लगाउँदै आएका छन्। हेगसेथ र केनलाई मङ्गलबारपछि सिनेटको एक समिति समक्ष दोस्रो चरणको सोधपुछ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij