२०८३ कार्तिक ३० आइतबार

Nov 15 2026 Sunday

२०८३ कार्तिक ३० आइतबार

दक्षिण कोरियाकी पूर्वप्रथम महिलालाई सजाय बढाउने न्यायाधीश मृत फेला

दक्षिण कोरियाकी पूर्वप्रथम महिलालाई सजाय बढाउने न्यायाधीश मृत फेला

सियोल । उत्तर कोरियाकी पूर्व प्रथम महिलासम्बन्धी उच्च–प्रोफाइल मुद्दामा जेल सजाय दोब्बरभन्दा बढी गर्ने निर्णय गरेका  न्यायाधीश मृत फेला परेका छन् । घटनाले न्यायिक वृत्तमा चासो र चिन्ता दुवै बढाएको छ ।

प्रहरीका अनुसार सिन जोङ–ओ सियोल उच्च अदालत भवनभित्र मङ्गलबार राति करिब १ः०० बजे  बेहोस अवस्थामा फेला परेका थिए । सेओचो जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीले उनलाई तुरुन्त अस्पताल लगिएको र त्यहाँ मृत घोषित गरिएको जानकारी दिएका छन् । प्रारम्भिक अनुसन्धानमा कुनै पनि बाह्य हस्तक्षेप वा आपराधिक गतिविधिको सङ्केत नदेखिएको प्रहरीले जनाएको छ ।

यद्यपि केही स्थानीय मिडियाले न्यायाधीशले आत्महत्याको नोट छोडेको दाबी गरे पनि अनुसन्धान अधिकारीले भने त्यस्तो कुनै नोट फेला नपरेको स्पष्ट पारेका छन् । घटनाको विस्तृत कारणबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

सिन जोङ–ओले गत महिनामात्रै ५३ वर्षीया किम केओन ही को पुनरावेदन मुद्दाको अध्यक्षता गरेका थिए। सो मुद्दामा उनले किमलाई स्टक हेरफेर र घुसखोरीको दोषी ठहर गर्दै उनको जेल सजाय २० महिनाबाट बढाएर चार वर्ष पुर्याउने फैसला सुनाएका थिए।

उक्त फैसला तल्लो अदालतले उनलाई पहिले दिएको रिहाइ निर्णय उल्ट्याउने ऐतिहासिक निर्णय मानिएको थियो । त्यस क्रममा न्यायाधीश सिनले किमले आफ्नो दोष स्वीकार गर्नुको सट्टा निरन्तर बहानाबाजी गरेको टिप्पणी पनि गरेका थिए ।

प्रहरी अधिकारीले बुधबार जानकारी दिँदै न्यायाधीशको परिवार गहिरो शोकमा रहेको र उनीहरूले गोपनीयता कायम राख्न अनुरोध गरेको बताएका छन् । घटनाले दक्षिण कोरियाली न्याय प्रणाली र हालैका संवेदनशील मुद्दाहरूबारे पुनः प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij