२०८३ कार्तिक ३० आइतबार

Nov 15 2026 Sunday

२०८३ कार्तिक ३० आइतबार

आयोजक भोजपुर भोजपुर गोल्डकपको फाइनलमा

आयोजक भोजपुर भोजपुर गोल्डकपको फाइनलमा

टक्सार । नवौँ भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा गत वर्षको विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ फाइनलमा प्रवेश गरेको छ । भोजपुरले एपिएफ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

भोजपुरका लागि खेलको २९औँ मिनेटमा दोर्जी तामाङ र ६५औँ मिनेटमा सञ्जय लिम्बुले गोल गरेका थिए । एपिएफका तर्फबाट कुनै गोल हुन सकेन । आजको खेलको प्लेयर अफ दी म्याच भोजपुरका दोर्जी तामाङ घोषित भए । उनले रु पाँच हजार पुरस्कार पाए ।

शुक्रबार दोस्रो सेमिफाइनल खेल सातदोबाटो युथ क्लब ललितपुर र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजक संस्थाका अध्यक्ष प्रविण सुवालले जानकारी दिए । आठ टोली सहभागी रहेको प्रतियोगिताका खेल भोजपुर नगरपालिका–७, कोदारस्थित रङ्गशालामा खेलाइँदै छन् ।

प्रतियोगिताको विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः पाँच लाख र तीन लाख पुरस्कार प्राप्त गर्ने छन् । फाइनल खेल यही वैशाख १२ गते खेलाइने छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij