काठमाडौँ । बागबजारको युनिटी फुड एन्ड क्याफेमा ‘Kavita & the Cup’ को तेस्रो शृङ्खला सम्पन्न भएको छ । यस शृङ्खलामा कविता वाचन, टिप्पणी र विमर्शको अनौपचारिक आयोजना प्रसिद्ध कवि, आख्यानकार र सम्पादक अविनाश श्रेष्ठको उपस्थितिमा भयो ।
श्रेष्ठले ‘भोलिको गीत’ पर्या कविता ‘सतरूपा’ जस्ता दुई बेजोड कविता वाचन गर्दै कवितालाई ‘सस्तो र सजिलो बुझ्नु नहुने बताए । उनले भने, ‘पहिले जसरी सबै विषयमा कविता लेखिन्थ्यो ।अहिले झन् लेख्न सकिन्छ । मान्छेलाई केन्द्रमा राखेर धेरै कविता लेखियो ।संसार मान्छेको मात्रै होइन, सबै प्राणीको हो । कविता अब वातावरणमैत्री भएर सबैका लागि लेखिनुपर्छ । कवितामा जादुमय शक्ति हुन्छ ।’
‘Kavita & the Cup’ का सूत्राधार प्रसिद्ध युवाकवि केशव सिलवालले यसको उद्देश्यबारे प्रष्ट पार्दै ‘दशकौँ पुरानो पुल’ शीर्षकको कविता वाचन गरे । यस्तै प्राज्ञ चेतनाथ धमलाले ‘भ्रम’ र एक टुक्रा गरी दुईवटा लघुकविता र कृष्णकिसु न्यौपानेले ‘सहरको रङ्ग र सडककोआँसु’ जस्ता कविता वाचन गरे ।
यसैगरी कविहरू मिथोच, रीमा केसी, सीता तुम्खेवा, प्रकाश गुरागाईँ, युग सर्वनाम, सञ्जित फलाना, रजनी मिलालगायतले कविता वाचन गरे । कवि चन्द्रवीर तुम्बापोले कवितामा प्रयुक्त भएका जारजन र कवित्वबारे प्रकाश पारे । साथै, कवि मोक्तान थेबाले कार्यक्रमको उद्घोषणसहित कविता वाचन गरे । एकआपसमा वाचित कवितामाथि विशद् विमर्श समेत भयो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij