२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

२०८३ कार्तिक २२ शनिबार

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरिएको छ । मन्त्रालयले प्रवाह गर्ने सबै प्रकारका सेवा र सोको प्रक्रिया एवम् नतिजाका सम्बन्धमा सेवाग्राहीका गुनासोको सुनुवाइ र समाधान गर्न उक्त केन्द्र स्थापना गरिएको हो ।

उक्त ‘गुनासो व्यवस्थापन केन्द्र’मा मन्त्रालयको कार्यक्षेत्र र कार्यसम्पादनसँग सम्बन्धित विषयका गुनासाहरू राख्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

गुनासो व्यवस्थापनको कार्य गर्न उपसचिवको नेतृत्वमा अन्य कर्मचारी रहने गरी जिम्मेवारी तोकिएको र गुनासो व्यवस्थापन केन्द्रले गुनासाको सङ्कलन र वर्गीकरण गरी सम्बन्धित पदाधिकारीबाट सम्बोधन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij