अमेरिका । अमेरिकाको डालसस्थित नेपाली महावाणिज्यदूतावासले राहदानी नवीकरणका लागि आवेदन दिएका सेवाग्राहीलाई राहदानी लिन आउन आग्रह गरेको छ । सूचना जारी गरी महावाणिज्यदूतावासले २२१ थान राहदानी राहदानी विभाग, काठमाडौँबाट तयार भई नियोगमा आएकाले लिन आउन आग्रह गरेको हो ।
कार्यालय खुल्ने दिन (सार्वजनिक विदाका दिनबाहेक) बिहान ११ बजेदेखि दिउँसो १ बजेभित्र स्वयं उपस्थित भई रिसेप्सन डेस्कबाट राहदानी संकलन गर्न सकिने महावाणिज्यदूतावासले जनाएको छ ।
रिटर्न खाम छाडेर गएका आवेदकका हकमा हुलाकमार्फत सोही ठेगानामा राहदानी पठाइने, हुलाकमार्फत राहदानी पठाइएको सूचि यस कन्सुलेटको फेसबुक पेजमा प्रकाशित हुने हुँदा सोही बमोजिम राहदानी प्राप्त हुने मितिमार्फत चेक गर्नसमेत अनुरोध गरिएको छ ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij