२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु

इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु

इन्डोनेशियाको मारापी ज्वालामुखी विस्फोट हुँदा त्यसको मुखनजिकै ११ पदयात्री मृत फेला परेको उद्धारकर्ताहरूले जानकारी दिएका छन् । ज्वालामुखी सप्ताहान्तमा विस्फोट भएको थियो र सोमबार मात्रै त्यस क्षेत्रबाट तीन जनाको उद्धार गरिएको छ। हराइरहेका अन्य १२ को खोजी अर्को सानो विस्फोटनका कारण स्थगित गरिएको छ ।

ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेको बताइएको छ। तीमध्ये अधिकांशलाई सुरक्षित रूपमा उद्धार गरिसकिएको छ । इन्डोनेशियामा रहेका १२७ वटा सक्रिय ज्वालामुखीहरूमध्ये मारापी पर्वतमा आइतवार विस्फोटन भएको थियो।

उक्त ज्वालामुखी विस्फोट हुँदा झन्डै तीन किलोमिटर माथिसम्म खरानी र धुँवाको मुस्लो उठेको थियो । अधिकारीहरूले त्यहाँ दोस्रो उच्चस्तरको खतराको चेतावनी जारी गरेका छन् । स्थानीयवासीलाई उक्त ज्वालामुखीको मुख वा खाडलको तीन किलोमिटर वरपर जान निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij