२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

पूर्वउर्जामन्त्री दीपक खड्का पक्राउ

पूर्वउर्जामन्त्री दीपक खड्का पक्राउ

काठमाडौँ । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आइतबार बिहान पक्राउ गरेको हो ।

उनलाई बुढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरण प्रकरणमा खड्कालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । त्यसपछि उनी पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij