२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

केपी ओली र रमेश लेखकलाई पक्राउ गरेपछि गृहमन्त्री गुरुङले भने– यो न्यायको सुरुवात हो

केपी ओली र रमेश लेखकलाई पक्राउ गरेपछि गृहमन्त्री गुरुङले भने– यो न्यायको सुरुवात हो

काठमाडौँ । गृहमन्त्री सुदन गुरूङले अब देशले नयाँ दिशा लिने बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेपछि सामाजिक संजालमार्फत गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘प्रमिस इज अ प्रमिस’ कानुनभन्दा माथि कोही छैन । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।’

जिल्ला प्रहरी परिसर भक्तपुरले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दामा अनुसन्धानका लागि ओली र लेखकलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij