२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

२०८३ कार्तिक २२ शनिबार

नवप्रवर्तनमुखी शिक्षा तथा युवामैत्री नीति प्रवर्द्धन  गर्ने शिक्षामन्त्री पोखरेलको प्रतिबद्धता

नवप्रवर्तनमुखी शिक्षा तथा युवामैत्री नीति प्रवर्द्धन  गर्ने शिक्षामन्त्री पोखरेलको प्रतिबद्धता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गुणस्तरीय, समावेशी र नवप्रवर्तनमुखी शिक्षा तथा युवामैत्री नीतिको प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएका छन् ।

सरकारको प्रवक्ताको समेत जिम्मेवारी पाएपछि सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले यो जिम्मेवारीलाई आफूले केवल पदका रूपमा नभएर राष्ट्रको भविष्य निर्माण गर्ने शिक्षा प्रणालीको सुदृढीकरण, वैज्ञानिक सोचको विकास, प्रविधिमैत्री समाज निर्माण साथै युवाशक्तिको सशक्तीकरण र खेलकुदमार्फत राष्ट्रिय गौरव अभिवृद्धि गर्ने जिम्मेवारीका रूपमा ग्रहण गरेको स्पष्ट पारेका हुन् ।

‘विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा सम्पूर्ण युवापुस्ताका अपेक्षाहरूलाई आत्मसात् गर्दै वैश्विक प्रतिस्पर्धामा सक्षम जनशक्ति उत्पादन, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन र प्रविधिको प्रभावकारी उपयोगमार्फत राष्ट्र निर्माणमा टेवा पुर्याउनेछु’, उनले भनेका छन्, ‘युवाहरूको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई सही दिशामा परिचालन गर्दै उद्यमशीलता, रोजगारी र नेतृत्व विकासका अवसरहरू विस्तार गर्नेछु । खेलकुद क्षेत्रको व्यावसायिक विकास, प्रतिभाको पहिचान र अन्तरराष्ट्रिय मञ्चमा नेपालको सशक्त उपस्थिति सुनिश्चित गर्न दृढताका साथ अघि बढ्नेछु ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij