२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचनाः डा वाग्ले

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचनाः डा वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको अबको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना रहेको बताएका छन् ।

बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ कार्यक्रममा उपस्थित भएका उपसभापति वाग्लेले अब बन्ने सरकारको प्राथमिकता गुणस्तरीय पुनर्निर्माणसँगै सुशासन कायम गराउनु रहेको बताएका हुन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित संसद्मा पुगेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह नेपालको ४३औँ प्रधानमन्त्रीका रूपमा नियुक्त हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij