२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

मंगलबारका लागि कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

मंगलबारका लागि कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले मंगलबार दिउँसो १ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरू बोलाइएको छ । यसअघि गत शुक्रबारदेखि सुरु भएर आइतबारसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको थियो ।

मंगलबार सभापति थापाकै सभापतित्वमा बैठक बस्ने बताइएको छ । बैठकले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका ल्याउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij