२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

इएफएल लिग कपको उपाधि म्यानचेस्टर सिटीलाई

इएफएल लिग कपको उपाधि म्यानचेस्टर सिटीलाई

काठमाडौँ । म्यानचेस्टर सिटीले इएफएल लिग कपको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । म्यानचेस्टर सिटीको जितमा निको ओ रेइलीले दुवै गोल गरेका थिए । उनले खेलको ६० र ६४औं मिनेटमा गोल गर्दै म्यानचेस्टर सिटीलाई उपाधि दिलाएका थिए ।

जितसँगै म्यानचेस्टर सिटीले लिग कपको उपाधि नवौं पटक जितेको छ । लिग कप विजेताको सूचीमा म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहेको छ । लिभरपुलले सबैभन्दा बढी १० पटक यो उपाधि जितेको छ ।उपविजेता बनेको आर्सनलले भने यसअघि दुई पटक १९८७ र १९९३ मा यो उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij