काठमाडौँ । सिंहदरबारस्थित संसद भवनमा नयाँ सांसदहरूलाई स्वागत गर्न र बैठकलाई व्यवस्थित बनाउन हलको व्यवस्थापन, प्राविधिक चेकजाँच र सरसफाइका काम भइरहेको छ ।
अहिले हलमा कुर्सी मिलाउने, बत्ती जडान, माइक जडानलगायत काम भइरहेको संसद सचिवालयले जनाएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा पुरानो संघीय संसद् भवन पूर्णरुपमा ध्वस्त भएको छ । उक्त भवन ध्वस्त भएपछि शपथका लागि सिंहदरबारभित्रै वैकल्पिक व्यवस्था मिलाइएको हो ।
निर्वाचन आयोगले बिहीबार समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र दिँदैछ । भोलि नै निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन प्रतिवेदन पनि बुझाउँदैछ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुँदैछ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij