२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

अनुशासन उल्लंघनका उजुरीमाथि कांग्रेसको अनुशासन समितिले थाल्यो अध्ययन

अनुशासन उल्लंघनका उजुरीमाथि कांग्रेसको अनुशासन समितिले थाल्यो अध्ययन

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले अनुशासन उल्लंघनका उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको समितिको बैठकले उजुरीको अध्ययन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि — २०८२ को उपदफा (१.१) बमोजिम केन्द्रीय कार्यालयका सह–सचिव दिनेश थापा मगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णय गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । निर्वाचनमा पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै विभिन्न जिल्लाबाट समितिमा उजुरी आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij