२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

२०८३ कार्तिक २१ शुक्रबार

झापा–५ रास्वपाका बालेन साह भारी मतले अगाडि

झापा–५ रास्वपाका बालेन साह भारी मतले अगाडि

झापा । झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र साहले अग्रता कायम राखेका छन् ।

रास्वपा उम्मेदवार साहले ३४ हजार ८६३ मत प्राप्त गर्दा नेकपा (एमाल)े अध्यक्ष ओलीले ९ हजार ६८ मत मात्र प्राप्त गरेका छन् । अध्यक्ष ओलीभन्दा रास्वपाका वरिष्ठ नेता साह २५ हजार ७९५ मतले अगाडि छन् । यो निर्वाचन क्षेत्रमा ५२ हजार २०७ मत गणना भएको छ ।

झापा ५ मा कूल मतदातामध्ये ६५ दशमलव ११ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिइन् । उनका अनुसार यो निर्वाचन क्षेत्रमा एक लाख छ हजार ५६८ मत खसेको छ । आधा मत गणना हुँदा ओली २५ हजार मतले पछाडि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij